जमिन फिर्ता गराउन भारतसँग फेरि ताकेता गर्दै सरकार

काठमाडौं। सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा वार्ताका लागि भारतलाई दोस्रो पटक पत्राचार गर्ने भएको छ।

माघभित्रै परराष्ट्रसचिवस्तरीय वार्ताको लागि प्रस्तावको तयारी भएको हो।

साउन २०७१ मा गर्ने भनिएको सचिवस्तरीय वार्ता अझै भएको छैन।

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि कात्तिक अन्तिममा सीमा अवलोकन टोली बनाएर स्थलगत रिपोर्ट र नापी विभागको नयाँ नक्सासहित नेपालले परराष्ट्रसचिवस्तरीय वार्ताका लागि तयारी गरेको थियो। सुस्ताबाहेक स्थलगत अवलोकन भएको छैन।

स्थलगत रिपोर्टसँगै नयाँ नक्सासहित माघमा वार्ता गर्ने परराष्ट्रको तयारी रहेको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

भारतले तिथि अस्वीकार गर्दै वार्ताबार्ट समाधान गर्ने पत्र पठाएको थियो।

“भारतको जवाफपछि हामी अर्को तिथिको गृहकार्यमा छौं”, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १४ पुसमा मन्त्रालयमा आयोजित कार्यक्रममा भने, “सीमा समस्या समाधान गरी हाम्रो भूभाग फिर्ता ल्याउनै पर्छ।”

उनले भने, “सीमाको विषय इतिहासले हामीलाई बोकाइदिएको जिम्मेवारी हो, थाती रहेको विषय हो।”

प्रतिक्रिया दिनुहोस्