‘पदीय शक्तिका कारण सहमतिका यौनसम्बन्ध पनि अपराध'
काठमाडौं। एक सैनिक अधिकृतले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार महिलालाई जबर्जस्ती करणी गरेपछि जागिर गुमाउनुपरेको छ।

सर्वोच्च अदालतले पदीय शक्तिका कारण यौनसम्बन्ध सहमतिमै भए पनि अपराध ठहर्ने निक्र्योलसँगै ती अधिकृतलाई जागिरबाट हटाइनुपर्ने फैसला गरेको छ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि समरी जनरल सैनिक अदालतले गरेको फैसला सदर गर्दै अधिकृतलाई सेवाबाट हटाउने ठहर गरेको आजको नागरिक दैनिकमा समाचार छ।

नेपाली सेनामा कार्यरत सहसेनाती भूपेन्द्र खड्काले आफ्नो कार्यालयमा काम गर्ने कूचिकार एक महिलासँग यौनसम्बन्ध राखेका थिए।

सर्वोच्चले पुरुष ठूलो पदमा र महिला सानो पदीय ओहोदामा रहेकाले सहमतिमै भए पनि यसलाई यौन शोषण मानेको छ।

यस्तो खालको यौनसम्बन्धलाई जानेर, बुझेर दिइएको सहमति मान्न नसकिने सर्वोच्चले नजिर प्रतिपादन गरेको छ।

‘यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिका रूपमा हेरिनुपर्छ’, सर्वोच्चले भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्