आज तमु ल्होसार मनाईँदै
काठमाडौं। आज ‘तमु ल्होसार’। गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व धूमधामसँग मनाउँदै छन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

यसवर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन्।

मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

तमु ल्होसारका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ। यसका लागि गुरुङ समुदाय दुई दिनअघिदेखि नै तयारीमा जुटेका छन्।

यस पर्वमा शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिन्छन्।

त्यस्तै पुरुषले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाच्छन्।

आज खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्