बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयको सिफारिस
काठमाडौं। काठमाडौं विश्वविद्यालय(केयु)ले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ। विश्वविद्यालयको ८९औं बैठकले झापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३(६)अनुसार सम्बन्धनको लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्