नेपाल प्रवेश गर्दै पश्चिमी वायु, यो साता वर्षा र हिमपातको सम्भावना

काठमाडौं। उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा वर्षा भइ चिसो बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन अनुरोध गरेको छ।

जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली आज रातिसम्ममा नेपालको पश्‍चिमी भेगबाट प्रवेश गर्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

यस प्रणालीका कारण आज नेपालका पश्‍चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

पश्‍चिमी वायुको प्रभाव १६ पुससम्म सशक्त रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्‍चिमी न्यून चापीय वायु प्रणालीका कारण १५-१६ पुसमा देशैभर चिसो बढ्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्