सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख अनुदान वनेपा। सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड महामारी ब्यवस्थापनका लागि ६ करोड ८० लाख अनुदान दिएको छ। अर्थ मन्त्रालयद्वारा स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमतिअन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिइएको हो। भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि यो रकम दिइएको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्