समुद्री आँधीका कारण भारतमा १८ जनाको मृत्यु एजेन्सी।अरब सागरमा बनेको चक्रवाती तूफान टाउटेइ १८५ किलोमिटर प्रतिघन्टाको गतिमा भारतको गुजरात आइपुगेको छ। आँधीका कारण कर्नाटक, गोवा, केरला र महाराष्ट्रमा १८ जनाको मृत्यु भएको छ। जसमध्ये ६ जनाको मृत्यु महाराष्ट्रमा भएको हो। गुजरातमा डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित राज्यका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गर्दैै उद्दार तथा राहत कार्यबारे छलफल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्