चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ। चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीने बालक रवीन नेपालीको मृत्यु भएको छ।

घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव घरभन्दा एक किलोमिटर टाढा ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।

तनहुँ प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेले शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा १४ पुसमा बालकको शव भेटिएको जानकारी दिए।

शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन्।

तनहुँकै भानु नगरपालिकामा चितुवाको आक्रमणबाट यसअघि ८ वर्षमुनिका ६ बालबालिकाको मृत्यु भइसकेको छ।

डिभिजन वन कार्यालय तनहुँले पीडित परिवारलाई किरिया खर्चवापत ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।

सहायक वन अधिकृत बाबुराम उप्रेतीले मृतक बालकको घरमा पुगेर बुबा राजु नेपालीलाई उक्त रकम प्रदान गरेका हुन्।

केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेकाले साँझ बिहानको समयमा सतकर्ता अपनाउन उप्रेतीले आग्रह गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्