काठमाडौं उपत्यकामा १७ सय ४० वटा सवारीसाधनलाई होल्डमा राखियो
काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अबज्ञा गरी चलाइएका एक हजार ७४० वटा सवारीसाधनलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्डमा राखिएको जनाएको छ। होल्डमा राखिएकामध्ये एक हजार २४१ वटा दुई पाङग्रे, ३२२ वटा चारपाङ्ग्रे, ६१ वटा ट्याक्सी र ११९ वटा अन्य ठूला सवारीसाधन रहेका छन्। होल्ड गरिएका सवारीसाधनलाई सोमबार बेलुकी नै छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्