छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा पाँच जनाको मृत्यु काठमाडौं। देशका विभिन्न स्थानमा भएका मोटरसाइकल दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौं, मोरङ, कञ्चनपुर, रौतहट र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। काठमाडौंको नेपालटार, मोरङको बुढीगंगा गाउँपालिका–३, कञ्चनपुरको भिमदत्त नगरपालिका–१ राजिपुर, रौतहटको चन्द्रपुर नगरपालिका–६ र कपिलवस्तुको बुद्धभूमी नगरपालिका ९ खैरेनीयामा सोमबार बेलुकी भएको ती दुर्घटनामा एक÷एक जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्