राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेकी छन्।

गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्गका रुपमा रहेका भन्दै तमूल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताएकी छन्।

राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा गुरुङ समुदायको यो पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्