ममता बनर्जीका दुई मन्त्रीसहित चार नेता जेल चलान बीबीसी। भारतको पश्चिम बंगालमा नारदा स्टिङ्ग मामिलामा ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार जना नेतालाई कोलकाताको प्रेसीडेन्सी जेलमा पठाइएको छ। सीबीआईले सोमबार मन्त्रीहरु सुब्रत मुखर्जी र फिरहाद हकीम, टीएमसीका सांसद मदन मित्रा र पार्टीका पूर्वनेता शोभन चटर्जीलाई गिरफ्तार गरेको थियो। सीबीआईले बयान लिन उनीहरुलाई आफ्नो कार्यालयमा लगेको थियो। सोमबार साँझ विशेष अदालतले उनीहरुलाई अन्तरिम जमानतमा छोडेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्