कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
सुर्खेत। नेपाल पत्रकार महासंघ प्रदेश समितिले एक करोड राशिको 'कर्णाली प्रदेश पत्रकार कल्याण कोष' स्थापना गर्ने भएको छ। महासंघको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार,उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो। महासंघ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोष स्थापना गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोग माग गरिएको छ।रासस
प्रतिक्रिया दिनुहोस्