अमेरिका, क्यानडा र बेलायतद्वारा म्यानमारी सैनिक शासकमाथि थप प्रतिबन्धको घोषणा एजेन्सी। अमेरिका, क्यानडा र बेलायतले म्यानमारका सैनिक शासक माथि थप प्रतिबन्धको घोषणा गरेका छन्। सैनिक शासकले प्रजातन्त्र पुनस्थापनातर्फ कुनै कदम नचालेपछि थप प्रतिबन्धको घोषणा गरिएको उनीहरुले जनाएका छन्। म्यानमार सैनिक शासकका थप १३ जना उच्च पदस्त अधिकारीको सम्पत्ति 'फ्रिज' गर्ने र कुनै प्रकारको वार्ता नगर्ने उनीहरुले जनाएका छन्। म्यानमारका त्यहाँको सेनाले गत फेब्रुअरी १ का दिन 'कू' गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्