कपिलवस्तुमा अक्सिजन र वेडको कमी भएकोमा मेयरको आक्रोस कोरोनाको नयाँ भेरियन्टको कारण मृत्यु र संक्रमित हुनेको संख्या बढिरहेको समयमा कपिलवस्तु नगरपालिकामा अक्सिजनको कमीको कारण विरामीको उपचार गर्न मुस्किल भइरहेको मेयर किरण सिंहले बताए। विरामीहरुले उपचार गर्नको लागि वेडको राम्रो व्यवस्था नभएको कारण अस्पतालहरुको पेटिमा बसेर उपचार गर्न बाध्य भएपनि सरकारले त्यस विषयमा ध्यान नपुर्‍याएकोमा मेयरले आक्रोस व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्