हात्तीको आक्रमणबाट एक जनाको मृत्यु झापा। जंगली हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गर्दा मेचिनगर नगरपालिका–९ बस्ने ४५ वर्षीय श्याम राईको मृत्यु भएको छ। सोही ठाउँस्थित मागुरमाणी सामुदायिक वनबाट जंगली हात्ती बस्तीमा पसेपछि लखेट्ने क्रममा हात्तीले उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्