अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान ताप्लेजुङ। उद्योग वाणिज्य संघले १७ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ। जिल्लामा कोरोना सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य संघले आज सिलिन्डर उपलब्ध गराएको हो। ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिन्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्