विराट शिक्षण अस्पतालका चिकित्सक माथि आक्रमण काठमाडौं। विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा.सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथी हिजोराती आक्रमण भएको छ।दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेको बेला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड फोकलपर्सन सुनिल देवले बताए।आक्रमणको कारण रेग्मी र बस्नेतको टाउको,मुख र शरीरको अन्य भागमा चोट लागेको छ। बुढीगङ्गा-२ का निश्चल श्रेष्ठ र अनिस श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथी आक्रमण गरेको प्रहरीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्