इजरायलको आक्रमण मुसलमान माथि मात्र होइन, मानवतामाथि हो : अर्दोआन एजेन्सी। टर्कीका राष्ट्रपति रेचिप तैय्यप अर्दोनानले प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमण मुसलमानमाथि मात्र नभई सम्पूर्ण मानवतामाथि भएको बताएका छन्। अर्दोनानले मुस्लिम देशका नेता तथा हमासका उच्च अधिकारीलाई फोन गरी उक्त कुरा बताएका हुन्। उनले मलेसिया, जोर्डन, कुवेत र हमासका राजनीतिक प्रमुखसँग इजरायल आक्रमणका विषयमा छलफल गरेका थिए। अर्दोनानले अल–अक्सा मस्जिलमा इजरायलले गरेको आक्रमणलाई ‘आतंकवादी कारवाही’ बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्