छाङ्गरुदेखि कालापानी जाने बाटो निर्माण गरिँदै दार्चुला।व्यास गाउँपालिका–­१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानीको भूमि पुग्ने गरी घोरेटो बाटो निर्माण सुरू भएको छ।सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रमअन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो।छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरोले भत्किएपछि प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो।सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो। प्रदेश सरकारको ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने १४ किलोमिटर बाटो निर्माण तथा मर्मत भइरहेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्