निषेधाज्ञाको २० औं दिन, यस्तो छ उपत्यकाको अवस्था
काठमाडौं। मंगलबार उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका , खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका छन्। फाट्फुट् बिना सवारीपास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ।काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसँगै बीना अनुमति सवारी साधन लिएर बाहिर निस्कनेहरुमा कमी आएको हो।
प्रतिक्रिया दिनुहोस्