तनहुँको जिपी केन्द्रमा कोरोना लक्षित पूर्वाधार विकास गर्न ९ करोड
काठमाडौं। सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई थप पूर्वाधार थप गर्न ९ करोड रुपैयाँ दिने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमितको उपचारलाई लक्षित गरी पूर्वाधार थप गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो। सो रकमबाट केन्द्रमा ५ वटा भेन्टिलेटर, १० आइसीयू शैय्या जडान, अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादन सुरु गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्