अक्सिजनको क्षमता वढाउँदै चितवनका अस्पतालहरु काठमाडौं। कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि चितवनका अस्पताहरुले अक्सिजन प्लान्टको क्षमता बढाउन थालेका छन्। पुरानो मेडिकल कलेजले गैँडाकोटमा रहेको प्लान्टबाट २०० सिलिन्डर क्षमता थप गर्न लागेको अस्पतालका आवासीय निर्देशक डा.मनोहर प्रधानले बताए। चितवन मेडिकल कलेजले एक दिनमा ६०० सिलिन्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदै छ। भरतपुर अस्पतालले दैनिक थप २४० सिलिन्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्