भारतमा फसेका अस्ट्रेलियाली नागरिक भन्छन्– गलत कोभिड परीक्षणका कारण उद्धार भएन सीएनएन। भारतमा कोरोनाभाइरस महामारीमा फसेका अस्ट्रेलियाली नागरिकहरूले गलत परीक्षणका कारण उद्धार हुन नसकेको जनाएका छन्। अस्ट्रेलियाले कान्तास उडानबाट आफ्ना नागरिकको उद्धार गर्न खोज्दा कोभिड नेगेटिभ भएकाहरूलाई मात्र लगेको थियो। परीक्षण गर्ने कम्पनी सीआरएल डायग्नोस्टिक्सको सम्बन्धन नेसनल एक्रेडिसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याबरोटरिजले रद्द गरेको थियो। कम्पनीले भने बोर्डलाई सोधेको पत्रको जवाफ नपाएपछि आफूले परीक्षण गरिरहेको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्