सौर्य यानले पठायो सूर्यको विस्फोट पहिलोपटक तस्बिर सीएनएन। सूर्यको उत्तरी र दक्षिणी ध्रुवको अध्ययन गर्न पुगेको सौर्ययानले सूर्यमा भएको विस्फोटको तस्बिर र भिडियो पठाएको छ। सूर्यभन्दा ५.६५ करोड माइल टाढा अर्थात् पृथ्वी र सूर्यबीचमा पुगेको उक्त यानले पहिलोपटक यस्तो दृश्य कैद गरेको हो। ‘कोरोनल मास इजेक्सन’ भनिने सूर्यको यस्तो विस्फोटका टुक्रा पृथ्वीसम्म पुगेमा ठूलो क्षति हुने बताइन्छ। यान सूर्यको पछाडि रहेकोले पृथ्वीसम्म दृश्य ढिलो प्राप्त भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्