कोरोना सङ्क्रमण बढेपछि ताइवानका सबै विद्यालय बन्द
सीएनएन। ताइवानमा कोरोना सङ्क्रमण बढेपछि आगामी १० दिनका लागि त्यहाँका सबै विद्यालय र शैक्षिक संस्थाहरू बन्द गरिएको छ। मङ्गलबार स्वास्थ्य मन्त्रालयले सबै विद्यालय, डे-केयर सेन्टर र भौतिक उपस्थितिमा हुने सबै किसिमका पठनपाठन बन्द गरेको जानकारी ट्वीटमार्फत् दिएको हो। यो नियम बुधबार १९ मेदेखि २८ मेसम्म लागु हुने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्