इजरायललाई लिएर अमेरिकी डेमोक्रेटिक पार्टीभित्र विवाद बढ्दै
सीएनएन। इजरायललाई लिएर अमेरिकी डेमोक्रेटिक पार्टीभित्र विवाद बढेको छ। इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमणको अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा कदम नचालेपछि उनको पाटी भित्र विवाद बढेको हो। केही डेमोक्रेट्स सांसदहरुले बाइडेनलाई प्रभावकारी रुपमा इजरायल-प्यालेस्टाइनबीचको संघर्षमा मध्यस्ता गर्न दवाब दिइरहेका छन्। केही सांसदले इजरायललाई ७३ करोड ५० लाख अमेरिकी डलरको हतियार सम्बन्धी सम्झौता रद्द गर्न समेत भनेका छन्।
प्रतिक्रिया दिनुहोस्