नास्टले गर्यो अक्सिजन सिलिन्डरको सफल परीक्षण, अब नेपालमै उत्पादन
काठमाडौं। नेपाल विज्ञान तथा प्रबिधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ। कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिन्डर निर्माण गरी परीक्षण गरिएको हो। शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गरेका थिए। परिक्षण सफल भएको नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले बताए।
प्रतिक्रिया दिनुहोस्