इजरायली हवाइ हमलामा गाजाको प्रमुख कोभिड-१९ परीक्षण ल्याब क्षतिग्रस्त एजेन्सी। इजरायली हवाइ आक्रमणमा सोमबार गाजाको प्रमुख कोभिड-१९ परीक्षण केन्द्र क्षतिग्रस्त भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अल-रिमाल मार्टियर क्लिनिकका झ्यालहरू फुटेको भिडियोमा देखिन्छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त हमलाको निन्दा गरेको छ भने इजरायली पक्षले भवनसँगै रहेको हमासको सैन्य समूहमाथि उक्त आक्रमण लक्षित भएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्