महामारी नियन्त्रणमा जर्मनीको सहयोगमा निरन्तरता : राजदूत काठमाडौं। नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली युनियनले नेपालाई निरन्तर सहयोग गर्ने बताएका छन्। एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनी दूतावास र गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा आज भर्चुअलरुपमा आयोजित अन्तरसञ्जाल सम्मेलनमा उनले भने, "अन्तर्राष्ट्रिय अवसरका लागि हामी विद्यार्थीलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनीयरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न उत्प्रेरित गर्नेछौ।" रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्