देशभर कोरोना डेडिकेटेड ३८६ अस्पताल सञ्चालन
काठमाडौं। देशभर कोरोना डेडिकेटेड अस्पतालको संख्या ३८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज थप ४ वटा अस्पतालहरु सञ्चालनमा आएपछि ३ सय ८६ पुगेको हो। ती अस्पतालहरुमा १७ हजार सामान्य बेडहरु रहेका छन्। संक्रमितहरुको विशेष उपचारको लागि २ हजार ५ सय एचडीयू बेड, १ हजार ९ सय ९९ आइसीयू बेड र ६ सय भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्