काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीनजनाको नाम छनोट गरिएको छ ।
बोर्डको अध्यक्षका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्न गठित छनोट समितिले आवेदकमध्ये तीन जनाको नाम छनोट गरेर अर्थमन्त्रालमा पठाएको हो। बाेर्डका यसअघिका अध्यक्ष डा. रेवतबहादुर कार्कीकाे कार्यकाल सकिएपछि बाेर्डकाे अध्यक्ष पद खाली छ ।
धितोपत्र बोर्डको अध्यक्षका आवदेन दिएकामध्ये, धितोपत्र बोर्डकै विज्ञ सदस्य भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक नीरज गिरी र डा. केशव श्रेष्ठको नाम छनोट समितिले अर्थमन्त्रालयमा सिफारिस गरेको छ। आवेदन गरेकामध्ये सिताराम थपलिया र डा. नवराज अधिकारी भने बाहिरिएका छन्।
अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको नेतृत्वमा छनोट समिति गठन गरेको थियो। समितिमा अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य रहेका थिए।
अध्यक्षका आकांक्षीहरूले प्रस्तुत गरेको कार्यपत्र र उनीहरूसँग लिइएको मौखिक अन्तर्वार्ताको आधारमा तीन जनाको नाम छनोट गरिएको छनोट समितिका एक सदस्यले देखापढीलाई बताए। समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा प्रस्तावको रूपमा लैजान्छन्। सिफारिस गरिएका मध्येबाट एक जनालाई मन्त्रिपरिषदले अध्यक्षमा नियुक्त गर्नेछ।
" /> काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीनजनाको नाम छनोट गरिएको छ ।बोर्डको अध्यक्षका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्न गठित छनोट समितिले आवेदकमध्ये तीन जनाको नाम छनोट गरेर अर्थमन्त्रालमा पठाएको हो। बाेर्डका यसअघिका अध्यक्ष डा. रेवतबहादुर कार्कीकाे कार्यकाल सकिएपछि बाेर्डकाे अध्यक्ष पद खाली छ ।

">