टाउटे सामुद्रिक आँधीका कारण पश्चिमी नेपालका नदीहरूमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह काठमाडौं। भारतमा आइपुगेको टाउटे सामुद्रिक आँधीको प्रभावले नेपालको पश्चिमी भूभागमा वर्षाका कारण नदीको बहाव बढ्न सक्ने र सतर्कता तहसम्म पुग्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ। ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयको उक्त शाखाका अनुसार यसबाट विशेषतः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका नदीमा खतरा रहेको छ। जेठ ७ गतेसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि शाखाले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्