एकाबिहानै भूकम्पकाे धक्का काठमाडौं। काठमाडाैं र आसपासका जिल्लामा बिहानै भूकम्पकाे धक्का महसुस भएको छ। लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युटको भूम्कम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको हो। लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पको क्षतिको कुनै विवरण आएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्