भूकम्पले घर भत्किँदा चार जना घाइते, एक दर्जन घरमा क्षति लमजुङ।मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्।घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ,चितीकी ८३ वर्षीय खकाकुमारी पाण्डे,वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी छन्।घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।भूकम्पबाट एक दर्जन घरमा क्षति पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्