घरभित्रै महिला मृत भेटिइन्, एक युवक पक्राउ तनहुँ। व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्। सत्ताइस वर्षीया मनुमाया थापा आफ्नै घरको कोठामा मृत फेला परेकी हुन्। मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ। स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्। प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्