समुद्री आँधीले डुङ्गा पल्टाउँदा ८७ जना अझै बेपत्ता एजेन्सी। भारतको मुम्बईमा चक्रवात टोकटेले डुङ्गा पल्टिँदा बेपत्ता भएकामध्ये ८७ जना अझै नभेटिएको भारतीय सेनाले जनाएको छ। मंगलबार मुम्बइको समुन्द्री आँधीमा परी २७३ जना सवार डुङ्गा पल्टिएको थियो। भारतीय सेनाका अनुसार डुंगामा सवार १८४ जनाको सकुसल उद्धार गरिएको छ। सेनाले हेलिकप्टर र जहाजमार्फत उद्धार कार्यलाई जारी राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्