लम्जुङमा ६ घण्टाभित्र सानाठूला गरी २० भन्दा बढी भूकम्पको धक्का
काठमाडौं। लम्जुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँईटेलले आज बिहान६ घण्टाभित्र लम्जुङमा२० भन्दा बढी सानाठूला भूकम्पको धक्का महसुस गरिएको जनाएका छन्। आज सुरुमा५.८ र पछि५.३ म्याग्निच्युटको भूकम्प लम्जुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर गएका थिए। जसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। भूकम्पले लम्जुङका बेशीसहर, मस्याङ्दी र दोर्दी क्षेत्रका२७ घर भत्किएका छन् भने छजना घाइते र एकजनालाई थप उपचारको लागि चितवन पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्