चीनमा अचानक हल्लियो ७३ तले भवन, मानिसहरुको भागदौड एजेन्सी। दक्षिण चीनको शेनजेन सहरमा रहेको एक७३ तले भवन अचानक हल्लिएपछि त्यस भवनमा रहेका मानिसहरुको भागदौड मच्चिएको छ। भागदौड मच्चिएपछि स्थानीय प्रशासनले भवनलाई उतिखेरै खाली गरेको थियो।९८० फिट अग्लो एसइजी प्लाजा हल्लिएपछि भागदौड मच्चिएको हो। भवन हल्लिएको बेला चीनमा भूकम्प गएको पनि थिएन्। प्रशासनले भवन हल्लिएको विषयमा छानबिन सुरु गरेको छ। बिना भूकम्प भवन हल्लिएपछि धेरैले चिन्ता व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्