गाजाको पुनर्निर्माणका लागि इजिप्टले ५० करोड डलर दिने एजेन्सी। इजिप्टले गाजा क्षेत्रको पुनर्निर्माणका लागि ५० करोड डलर दिने घोषणा गरेको छ। इजरायली हमलाबाट गाजा क्षेत्रमा ठूलो क्षति हुनुका साथै त्यहाँको आधारभूत ढाँचामा नै असर परेको छ। इजिप्टको राष्ट्रपति कार्यालयले पुनर्निर्माणका लागि निर्माण कम्पनी समेत पठाउने जनाएको छ। इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सीसी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंबीचको कुराकानीपछि यो घोषणा आएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्