काठमाडौं। आज गुरुङ समुदायको विशेष दिन। १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले आज ‘तमु ल्होसार’ हर्सोउल्लासपुर्वक मनाइरहेका छन्। तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै गुरुङ समुदायका मौलिक पहिचान झल्किने भेषभुषा र खानाको प्रदर्शनी समेत भइरहेको छ। गुरुङ समुदायका खाना मन पराउनेका लागि खानाका विभिन्न परिकारहरूसमेत कार्यक्रममा राखिएको छ। कार्यक्रमस्थलमा १५० भन्दा बढी स्टल राखिएको छ।
आजै बिहान काठमाडौंका विभिन्न स्थानबाट सांस्कृतिक र्याली निकालिएको थियो। हजारौंको संख्यामा गुरुङ समुदायका मानिसहरू र्यालीमा सहभागि भएका थिए। उनीहरूको र्यालीका कारण न्यूरोड, शहीदगेट, भद्रकाली जमल लगायतका क्षेत्रमा सवारी आगागमन प्रभावित भएको थियो।
गुरुङहरुको भाषामा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भन्ने हुन्छ। जसका कारण वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। यस वर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ।
गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए। जसमा मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावर छन्। परापूर्वकालमा ती जनावरको नामबाट वर्षको नामाकरण गरिन्थ्यो भन्ने मान्यता छ।