अवैध रुपमा भित्रिएका १९ वटा भारतीय मोटरसाइकल भन्सारमा बुझाइयो
पर्सा। भारतबाट अवैध रुपमा भित्रीएका १९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको छ। ती मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला परी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्