जलवायु परिवर्तनले विश्वका पुराना चट्टान कला सङ्कटमा काठमाडौं। जलवायु परिवर्तनका कारण इन्डोनेसियाको सुलावेसी टापुमा रहेको साढे ४५ हजार वर्ष पुरानो चट्टान कलालगायत अन्य गुफाका चित्रकलाहरू सङ्कटमा परेको अध्ययनले देखाएको छ। अस्ट्रेलियन तथा इन्डोनेसियन अध्येताहरूको संयुक्त अध्ययनअनुसार विश्वमै सबैभन्दा पुराना चट्टानकलाहरूमा जलवायु परिवर्तनका कारण लवणीय गुणमा परिवर्तन भई क्षति पुगेको हो। पुराना गुफा कलाहरूमा सुँगुर, शिकार र अलौकिक जीवहरूका चित्र रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्