घुस लिएको आरोप लागेका दोलखाका तत्कालीन सीडीओ अख्तियारको नियन्त्रणमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्त्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्रप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ।

अख्तियारले आज विज्ञप्ति निकालेर सेवाग्राहीसँग घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।

‘अनुसन्धान भइरहेकोमा निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

दाेलखाका तत्कालीन प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट १८ मंरिसमा २१ हजार लिएको आरोप लागेको छ।

रिजालले घुस लिएको समाचार बाहिरिएपछि गृह मन्त्रालयले उनलाई २० मंसिरमा मन्त्रालय तानेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्