पूर्वप्रहरी महानिरीक्षक बरालको निधन काठमाडौं। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ। वि.सं. २०२९ साउनदेखि २०३५ जेठसम्म उनी नेपालका नवौँ प्रहरी महानिरीक्षक रहेका थिए। उनी पछि राजदूत र सांसद पनि भएका थिए। बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्त्वपूर्ण योगदान गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए। पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्