पोखरा महानगरपालिकाभित्रका विद्यालयमा वार्षिक परीक्षा नहुने
काठमाडौं। पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयलाई वार्षिक परीक्षा नलिन भनेको छ। कोरोनाभाइरसका सङ्क्रमित बढेपछि भौतिक उपस्थितिमा परीक्षा दिन असम्भव भएकोले उक्त निर्णय गरिएको महानगरपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ। यसपूर्व सञ्चालित त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न महानगरपालिकाले विद्यालयहरूलाई भनेको छ। कक्षा ८ को वार्षिक परीक्षा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्