भारतीय सीमा क्षेत्रमा झडप, सशस्त्र प्रहरीको गोलीबाट एक युवकको मृत्यु नवलपरासी। पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट घाइते भएका युवकको मृत्यु भएको छ। आज सीमावर्ती क्षेत्रमा गाउँले र सशस्त्र प्रहरीबीच झडप भएको थियो। प्रतापपुर गाउँपालिका ६ का २३ वर्षीय अविनाश राजभरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्