‘बीजेपीलाई सिंगापुरको चिन्ता, केजरीवाललाई बालबालिकाको’
एजेन्सी। भारतको दिल्लीकी उपमुख्यमन्त्री मनीष सिसोदियाले भारतीय जनता पार्टी (बीजेपी)लाई सिंगापुरको चिन्ता भएपनि अरबिन्द केजरीवाललाई भने देशकै बालबालिकाको चिन्ता रहेको बताएका छन्। दिल्लीका मुख्यमन्त्री केजरीवालका भनाइलाई लिउर सिंगापुर र भारतका विदेशमन्त्री एस. जयशंकरले आपत्ति जनाएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्। केजरीवालले सिंगापुरमा देखिएको कोरोनाको भेरिएन्ट बालबालिकाको लागि बढी खतरना रहेका कारण हवाई सेवा बन्द गर्न केन्द्र सरकारसँग अनुरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस्