इजरायलविरुद्ध रणनीति बनाउन टर्की पुगे पाकिस्तानका विदेशमन्त्री बीबीसी। इजरायलविरुद्ध रणनीति बनाउन पाकिस्तानका विदेशमन्त्री महमूद शाह कुरैशी टर्की पुगेका छन्। टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग उनले भेटवार्ता गरेका छन्। उनले प्यालेस्टाइनको अधिकारको लागि काँधमा काँध मिलाएर अघि बढ्ने जनाएका छन्। पछिल्ला दिन इजरायलले प्यालेस्टाइन माथि आक्रमण गरेपछि पाकिस्तान र टर्की इजरायलविरुद्ध मोर्चा बनाउन लागेका छन्। पाकिस्तानले स्वतन्त्र प्यालेस्टाइनको राजधानी जेरुसेलमलाई मान्ने पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्