विपद् कुनै पनि बेला आउनसक्छ, पूर्वसावधानी अपनाऔं : विपद् प्राधिकरण काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले विपद् कुनै पनि बेला आउनसक्ने भन्दै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज ट्वीटरमार्फत यस्तो आग्रह गरेको हो। प्राधिकरणले अरब सागरमा विकसित भएको ‘ताउ–ते’ सामुन्द्रिक आँधीको कारण केही दिन हावाहुरीसहित पानी पर्ने सम्भावना कायम रहेको जनाएको छ। लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएकोबेला जुनसुकै बेला विपद् आउनसक्नेतर्फ पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्